काठमाडौं । असार २२ गते
देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई रहेको छ । सप्तरी सदरमुकाम राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उहाँले भौगोलिक, सामाजिक, भाषिक विविधता द्वन्द्वको विषय नभई सम्पन्नताको प्रतीक भएको धारणा राख्नु भएको हो ।

उहाँले देशमा भौगोलिक, प्राकृतिक, सामाजिक, जैविक, भाषिक विविधता रहेको र यो हाम्रो सम्पदा, सम्पन्नता भएको उल्लेख गर्नु भएको छ । प्रधानमन्त्री ओलीले कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने स्थितिमा पुर्‍याएको पनि दावी गर्नु भएको छ । कृषिमा गुणस्तरीय उत्पादन र निर्यातका लागि काम गरेको र खेतहरुमा सिञ्चाइको प्रबन्ध र विकासका कामलाई अगाडि बढाउने उहाँले बताउनु भएो छ । उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम गुणस्तरीय हुने र स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम चाँडै हुने बताउनु भएको छ । ‘