×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । असार २३ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज सानातिना समस्यामा अल्झनुपर्ने योग रहेको छ भने सरकारी निकायको भय रहनुका साथै स्वास्थ्य प्रति पनि सजग रहनु पर्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज व्यवसायमा सफलता मिल्ने योग रहेको छ भने श्रमको उचित मूल्याङ्कन हुने तथा शेयर बजारको लगानी नोक्सानी रहला ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज सामान हराउने योग रहेको छ भने नयाँ ठाउँमा लगानी गर्नु पनि उचित नभएको र कृषि व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज दाम्पत्य जीवन सुखमय हुने योग रहेको छ भने स्वादिष्ट भोजन र परिकारको अवसर मिल्नुका साथै शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउने योग रहेको छ भने नयाँ कार्यको योजना बन्ने तथा अरूलाई सहयोग पनि गर्न सकिनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज वित्तिय संस्थाबाट सहयोग पाइने योग रहेको छ भने प्रेम जीवनमा मधुरता छाउनुका साथै लाभदायक तथा कर्तव्य पूर्ण यात्रा पनि हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज स्वास्थ्य जाँचको लागि अस्पताल जानु पर्ला र धन खर्च हुनुका साथै साँझ सम्ममा शुभ समाचार सुन्न पाइनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज साङ्गीतिक क्षेत्रमा रुचि बढ्ने योग रहेको छ भने आफन्तले सहयोग गर्ने योग रहेको छ भने नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज प्रविधि मार्फत आफन्त सँग भेटघाट हुने योग रहेको छ भने अधुरा काम पुनसुरु हुने तथा उपहार पाइने सम्भावना पनि छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज मनमा हर्ष, उमङ्ग र उत्साह रहने योग रहेको छ भने अरुको मन पनि जित्न सकिने तथा पढाइमा बढी मेहनत गर्दा मात्र सफल भइनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज साहित्यिक क्षेत्रमा रुचि बढ्ने योग रहेको छ भने चिन्ता छाडेर चिन्तन गर्नुका साथै प्रेम प्रसङ्गमा नजिक हुन सकिनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज न्यायिक निर्णयहरू तपाईँकै पक्षमा निर्णय हुने योग रहेको छ भने नजिकको मित्रबाट विशेष सहयोग मिल्नुका साथै शेयर बजारमा भने नोक्सानी रहला । राशिफल जे जस्तो भएपनि तपाईको दिन शुभ रहोस् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला