×

TUNGOON

आजदेखि मौसम पुनः सक्रिय भई देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं । असार २३ गते
हाल देहभर मनसुन सक्रिय भएको छ । त्यसको प्रभावले मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । आजदेखि मौसम पुनः सक्रिय भई देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ ।अत्यधिक वर्षाका कारण नदीनालाको आकार बढेर धेरै धनजनको क्षति हुन पुगेको छ । मौसममा कहिले सुधार आउँछ यसको ठोस जवाफ जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखासँग पनि छैन ।अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

 

प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बुधबार दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।देश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । प्रदेश १ का एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।यसैगरि राति पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला