काठमाडौं । असार २३ गते
आज १० बजे नेकपा एमाले कार्यदलको बैठक बस्दैछ । आजविहान ८ बजेका लागि तयको बैठक विहान १० बजेलाई सरेको हो।पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ ।

नेताहरुका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भएपनि पनि ठोस सहमति भने हुन सकेको छैन ।