×

TUNGOON

निरन्तर परेको बर्षाका कारण पाल्पाको तिनाउँ गाउँपालिका–५ केराबारीमा पहिरो जाँदा एक जनाको मृत्यु , एक जना बेपत्ता


काठमाडौं असार २४ गते
बुधबार देखि निरन्तर परेको बर्षाका कारण पाल्पाको तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै गएको पहिरोले पाँच घर पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । कल्याणी आधारभूत विद्यालय नजिकै रहेको गिट्टीखानी नजिक पहिरो जाँदा वीरबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको हो ।

पहिरोले ८ वर्षीय बालक आरब परियार बेपत्ता भएका छन् । बिहान साढे ३ बजे आएको पहिरोले हरि दर्लामी, सुजा परियार, नरबहादुर राना, वीरबहादुर गुरुङ र बलबहादुर पुनको घर पुरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । पहिरोले घाइते भएकाहरुलाई कल्याणी आधारभूत विद्यालयमा राखेर उपचार भइरहेको र विस्थापितलाई पनि त्यहीँ विद्यालयमा राखिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला