×

TUNGOON

आज देशभर भारी बर्षाको सम्भावना, नदीमा पानीको बहाव बढ्न गई बाढी आउने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउ आग्रह


काठमाडौं असार २४ गते
बुधबार देखि देशका बिभिन्न स्थानमा निरन्तर बर्षा भैरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहँदा मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ। हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

 

 

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघगर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।त्यसैगरी आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।लुम्बिनी, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

 

त्यस्तैतमोर नदीमा आएको बाढीले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार तमोर नदीले मुलघाट, धनकुटामा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ। उक्त नदीले जलसतह पार गरेसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला