×

TUNGOON

आज बिहान साढे ११ नेकपा एमाले कार्यदलको बैठक बस्दै,सहमतिलाई अन्तिम रूप दिने तयारी


 

काठमाडौं असार २४ गते
आज बिहान साढे ११ नेकपा एमाले कार्यदलको बैठक बस्दै छ । बुधबार साझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिने भएको छ ।कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले आज साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक बस्ने जानकारी दिनु भएको छ ।

 

उहाँले बुधबार साझ ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइएपनि कार्यदलमा आज सहमति हुन सक्ने बताउनु भएको छ । सहमति जुटाउने प्रयासको स्प्रीड नघटेको भन्दै हल्लाको कुनै अर्थ नरहेको नेम्वाङको भनाइ छ ।
उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर शक्ति बाँडफाँड कुरा गर्दा ओली सकारात्मक नभएको बुझिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला