काठमाडौं असार २४ गते
बुधबार देखि निरन्तर परेको बर्षाका कारण पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरूद्ध भएको छ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पहिरो हटाउने काम सुरू गरिएको छ।सेती दोभानमा पहिरो खसेको र पहिरो जाने क्रम नरोकिएकाले बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।
उक्त पहिरो हटाउन आज बिहानै देखि २ वटा जेसिबी प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।