काठमाडौं । असार २४ गते
अहिले जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । संघीय परिषद् अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीलाई यसबाट जोगाउनु अग्रह गर्नु भएको छ । जनता समाजवादी पार्टी (जसपा)मा फुट निश्चित भएको बेला पार्टीका एकता कायम राख्नुपर्ने उहाँले धारणा व्यक्त गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिदै पूर्वप्रधानमन्त्री भट्टराईले समेत रहेका नेता भट्टराईले जसपाको एकता कायम राखी देशको वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले जसपा हिमाल पहाड र तराईका प्रमुख जातीय क्लस्टरहरु मधेसी–थारु, आदिवासी जनजाति र खस–आर्य तथा महिला, दलित आदि समूहको समानुपातिक समावेशी प्रतिनिधित्व भएको समुन्नत संघीय समाजवादमा आधारित वैकल्पिक राजनीतिक दल भएको बताउनु भएको छ ।