काठमाडौं । असार २४ गते
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भएको वार्ताबाट आफू आशावादी रहेको नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीको भनाई छ । प्रवक्ता ज्ञवालीले नेकपा एमालेको विवाद समाधानका लागि बनाइएको कार्यदलको मस्यौदालाई अन्तिम रुप दिनका लागि दुई नेताबीच वार्ता भइरहेको बताउँदै अझ पनि वार्ता भाँड्नेहरु सक्रिय रहेको समेत बतानु भएको छ ।

उहाँले देशभरका नेता कार्यकर्ताको चाहना नेकपा एमालेको विवाद सकियोस् भन्ने चाहना रहँदा रहँदै पनि पार्टीभित्रै केही नेताहरु पार्टी एकताका विरोधी रहेको उल्लेख गर्नु भएको छ । वार्ताबारे सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले ‘एकता भाँड्न चाहनेहरु पार्टीभित्र पनि रहेको र एकतालाई निश्कर्षमा पुग्न नदिने प्रयास भएको तर नेताहरु त्यस विषयमा सजग रहेको बताउनु भएको छ । एमाले कमजोर हुँदा त्यसले लोकतान्त्रिक आन्दोलन पनि कमजोर हुने बताउँदै पार्टीको दायराबाहिर गएकालाई दायरामा ल्याउनका लागि प्रयास भएको र वार्ताले कार्यदललाई मार्गनिर्देशन गर्ने र वार्ता सफल हुनेमा आफू आशावादी रहेको उहाँनको भनाइ छ।