काठमाडौं । असार २४ गते
आज बिहान ११ बजेका लागि तय गरिएको नेकपा (एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित भएको छ । आज केहीबेर बसेर बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको हो ।बैठक आन्तरिक तयारीका लागि स्थगित गरिएको नेताहरुले बताएका छन् । अहिले दुबैपक्ष छुट्टाछुट्टै छलफलमा जुटेका छन् । ओली पक्ष प्रधानमन्त्री कार्यालयमा छलफलमा जुटेको छ भने वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सिंहदरबारस्थित अर्थ मन्त्रालयमा छलफल गरिरहेका छन् ।कार्यदलमा दुवैपक्षका पाँचरपाँच जना नेता छन् ।

ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन् । अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलका संयोजक रहेका नेता सुवास नेम्वाङले आजै सहमतिको घोषणा हुन सक्ने बताएका छन् ।