काठमाडौं । असार २४ गते
पार्टी अध्यक्ष केपी शर्मा ओलीको झालझेलमा पर्न नहुने नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले एमाले एकताको मुखमा पुग्दा यस्तो बताउनु भएको हो ।

 

उहाँले अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी रहेका कारण कुनै पनि जालझेलमा पर्न र झुक्किन नहुँने बताउनु भएको छ । त्यस्तै उनले लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुनस्थापना एउटा अनिवार्य शर्त भएको उल्लेख गर्नु भएको छ ।