काठमाडौं । असार २५ गते
पार्टीका आन्तरिक विवादका विषय मिलाउन गठित कार्यदलमा कुरा मिलेको सत्तारुढ नेकपा एमालेका युवा नेता विष्णु रिजालले बताउनु भएको छ । उहाँले पाँच वटा बुँदामा एमालेभित्रको विवाद मिलाउन कार्यदलका सदस्यबीच आन्तरिक सहमति भएको बताउनु भएको हो । तर मुख्य नेताबीच कुरा नमिलेको उहाँको भनाइ छ ।एमालेमा एकताका लागि युवा नेताहरु तयार भएपनि शीर्ष नेतामा समस्या देखिएको उनले बताएका छन् । शीर्ष नेताहरुले एक अर्कामा विश्वास राख्न नसकेकाले आन्तरिक विवाद मिलाउन समय लाग्ने पनि उहाँको भनाइ छ ।

शुक्रबार पनि बस्ने कार्यदलको बैठकमा विवाद समाधान गर्ने विषयमा पाँच वटा बुँदामा भएको सहमतिलाई अन्तिम रुप दिने तयारी रहेको उनले संकेत गरेका छन् ।शुक्रबार बस्ने बैठकबाट सबै आन्तरिक विवादका विषय टुंगिने कार्यदलका सदस्य सुवास नेम्वाङको भनाइ छ । तर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद मिलाउन ठोस सहमति हुन सकेको छैन । विगतमा माधव नेपाल समूहसँग रहेका रिजाल पछिल्लो समय ओली समूहमा छन् ।