×

TUNGOON

आज दिउँसो १ बजे लगातार दुई पटक स्थगित भएको प्रदेश २ को प्रदेशसभा बैठक बस्दै


काठमाडौं । असार २५ गते
आज दिउँसो १ बजे लगातार दुई पटक स्थगित भएको प्रदेश २ को प्रदेशसभा बैठक बस्दैछ । बैठकमा असार १ मा प्रस्तुत गरिएको अगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ ।प्रतिपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुले क्षेत्र विकास कोषको रकम बढाउन गरेको मागमा सहमती नजुट्दा र रातो किताब तयार नहुँदा असार १५ र २३ गतेका लागि बोलाएको बैठक स्थागित भएको थियो ।

प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई साढे २ करोड बजेट उपलब्ध गराउनुपर्ने एमाले र माओवादीको माग छ । यो मागमा सत्तारुढ दलका अधिकांश सांसदले समर्थन गरेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला