×

TUNGOON

अफगानिस्तानबाट सेना फिर्ता गर्ने आफ्नो निर्णयको अमेरिकी राष्ट्रपति जो बाइडेनले गरे बचाउ


काठमाडौं । असार २५ गते
अफगानिस्तानबाट सेना फिर्ता गर्ने आफ्नो निर्णयको अमेरिकी राष्ट्रपति जो बाइडेनले बचाउ गरेका छन् । उनले ३१ अगस्टबाट अफगानिस्तानमा अमेरिकाको सैन्य अपरेशन समाप्त हुने पनि बताए । अमेरिकी सेनाको बर्हिगमन तिव्र गतिमा भइरहेको भन्दै उनले यसको पनि प्रशंसा गरे । अफगानिस्तान युद्ध सुरु भएयता अमेरिकामा चार राष्ट्रपति फेरिए पनि अमेरिकी सैनिकहरु अझै अफगानिस्तानमा छन् ।

सन् २००१ मा जर्ज डब्ल्यू बुसको नेतृत्वमा युद्ध सुरु भएको थियो । त्यसयता बाराक ओबामा र डोनाल्ड ट्रम्प सेना फिर्ता गर्न असफल रहे । यद्यपी, ट्रम्प कार्यकालमै सेना फिर्ता गर्ने विषयमा तालिवान सँग सहमति बनेको थियो , त्यस सहमतिमा मेइ २०२१ सम्म सेना फर्काउने विषय उल्लेख थियो ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला