काठमाडौं । असार २५ गते
नेता नेपालको व्यवहार र अडानका कारण उहाँलाई बर्षौंदेखि समर्थन गर्दै आइरहेकाहरुले दिनप्रतिदिन छोड्दै गइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको भनाई छ । नेता नेपालले प्रधानमन्त्री र अध्यक्ष ओलीलाई सरकार र पार्टी दुवैतर्फ सधैँ असहयोग मात्रै गरेको आरोप लगाउदै पराजित भएको व्यक्तिले निर्वाचित व्यक्तिलाई काम गर्न नदिँदा समस्या आएको जिकिर गर्नु भएको छ ।

उहाँले अहिले भइरहेको वार्ताबाट पनि सकारात्मक परिणाम नआएमा नेपालका अधिकांश समर्थकहरुले ओली पक्षमा सर्ने बताउनु भएको छ । पार्टी र कार्यकर्ताहरुको भविश्य नहेरी आफ्नो अधिकार र भूमिका मात्रै खोज्ने गरेकाले नेता नेपाललाई उहाँकै समर्थकहरुले समेत मन पराउन र विश्वास गर्न छाडेको नेता भट्टराईको भनाई छ ।