काठमाडौं असार २६ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज कुनै कुराले मनमा शान्ति र प्रसन्नता मिल्नुका साथै रोकिएका काम पुनः सुरु हुने योग रहेको छ भने आदर्श व्यक्तिसँग भेटघाट हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज शुभ र मङ्गल कार्यको चर्चा चल्ने योग रहेको छ भने सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नुका साथै चिताएको कामले तीव्रता पनि लिनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्ने योग रहेको छ भने भौतिक साधन जुटाउने तथा रमाइलो यात्राको योग रहेको छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मित्रहरूले दिएको वचन फेरिन सक्ने योग रहेको छ भने फजुल खर्चले चिन्ता बढाउनुका सातै मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने योग रहेको छ भने प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज नयाँ कार्यको थालनी हुने योग रहेको छ भने एउटै कामबाट दोहोरो लाभ मिल्ने तथा प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउने योग रहेको छ भने लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने तथा स्वादिलो परिकार पनि मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्ने योग रहेको छ भने ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नुका साथै रोकिएका घरायसी काममा सुरुहुने तथा प्रगतिको वातावरण बन्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने योग रहेको छ भने व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नुका साथै भौतिक सुख पनि मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेयोग रहेको छ भने प्रेमीको सहयोग पाइने तथा नयाँ ज्ञान सिक्ने मौका मिल्ने र पारिवारिक साथ मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज मन मिल्ने साथीको सहयोग र हौसला मिल्ने योग रहेको छ भने काम देखाएर अरूको मन लोभ्याउन सकिनुका साथै रमाइलो यात्राको योग रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।