काठमाडौं असार २६ गते
आगामी आन्दोलनका थप कार्यक्रमको तय गर्दै विगतका कार्यक्रमको विपक्षी गठबन्धन सम्बद्ध पाँच विद्यार्थी संगठनको संयुक्त बैठकले समीक्षा गरेको छ । शुक्रबार काठमाडौं नयाँ बानेश्वरमा बसको बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम, पेट्रोलियम पदार्थ माथिको मुल्यवृद्धि, भ्रष्टाचार, शैक्षिक क्षेत्रमा व्याप्त बेथिति, कोरोना संक्रमणको नियन्त्रण था रोकथाममा सरकारको उदासीनता विरुद्ध आगामी आन्दोलनका थप कार्यक्रमको तय गरिएको छ ।

साथै बैठकले संविधानमा शिक्षा, रोजगारी, स्वास्थ्यको मौलिक हक पूर्ण रुपमा कार्यान्वयनका लागि विपक्षी गठबन्धनका नेताहरूबाट प्रतिबद्धता जाहेर गराउने निर्णय गरेको नेविसंघमा महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिनु भएको छ । बैठकले पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध निरन्तर र थप आन्दोलन गर्ने निर्णय गरेको छ ।