काठमाडौं असार २६ गते
आज बिहान १० बजे प्रधानमन्त्री ओली बाढी,पहिरोले क्षति गरेको क्षेत्र सिन्धुपाल्चोक जाँदै हुनुहुन्छ ।बाढी, पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे सिन्धुपाल्चोक जाने तयारी भएको छ ।
प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढीरपहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने तयारी छ ।

मनसुन सुरु भएलगत्तै गएको असार पहिलो हप्ता आएको बाढीरपहिरोले सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनासहित विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको थियो ।