काठमाडौं। असार २७ गते
आज बिहान ८ बजेका लागि नेकपा (एमाले) को आन्तरिक विवाद समाधान गर्नेबारे अन्तिम सहमति गर्न बोलाइएको एकता कार्यदलको बैठक अझै सुरु हुन सकेको छैन। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षका सदस्यहरु तोकिएको समयमा नै बैठकस्थल आइपुगेका थिए। तर, वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सदस्यहरु अझैसम्म पनि बैठकस्थलमा आइपुगेका छैनन्।

शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीपक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले आइतबार बिहान ८ बजे एकताको समाचार सुन्न पाउने बताएका थिए।एमाले एकता टुंगोमा पुग्नै लागेका बेला शनिबार वरिष्ठ नेता नेपालको निजी निवास कोटेश्वर पुगेर माओवादी अध्यक्ष दाहालले यस्तो आग्रह गरेका हुन्।दाहालले प्रधानमन्त्री ओली विश्वासयोग्य नेता नभएको भन्दै उनको भर नपर्न नेता नेपालसँग आग्रह गरेको स्रोतले जनाएको छ।