काठमाडौं। असार २७ गते
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही कर्णाली, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारीरधेरै भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारीरधेरै भारी वर्षाको सम्भावना रहेको छ ।