काठमाडौं । असार २७ गते
कोरोनाविरूद्ध खोपको अभाव नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।प्रधानमन्त्री ओलीले केही समयअगाडि खोप अभाव हुन्छ कि जस्तो देखिए पनि अहिले खोप आउनेक्रम सुरू भएको जानकारी दिनु भएको छ ।आज बिहान प्रधानमन्त्री ओलीले वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै ‘भोलि पनि भ्याक्सिन आउँने र त्यसपछि पनि निरन्तर भ्याक्सिन आउँने बताउनु भएको छ ।

उहाँले भ्याक्सिन ल्याउने र जनतालाई उपलब्ध गराउने र गतिसाथ सकेसम्म ठूलो संख्यालाई भ्याक्सिन उपलब्ध गराउने कुरामा अभाव हुन नदिन हामी नयाँनयाँ सम्झौताका लागि सहमतिका प्रयास गरिराखेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले भ्याक्सिन ल्याउन संवादहरू जारी राखेको बताउनु भएको छ । उहाँले ‘अब जनतामा सचेतनाको पनि मात्रा बढेको र सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कुरामा ध्यान दिनुपर्ने र लगभग यस वर्षको अन्त्यमा भ्याक्सिन लगाएर सक्ने गरी प्रयास गर्ने बताउनु भएको छ । उहाँले अब भ्याक्सिन अभावबाट तड्पिनु पर्ने अवस्था नआउँने दाबी गर्नु भएको छ ।