×

TUNGOON

अमेरिकाले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप सोमबार काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. भट्टराईद्वारा जानकारी


काठमाडौं । असार २७ गते
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले अमेरिकाले नेपाललाई प्रदान गरेको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप सोमबार काठमाडौं आइपुग्ने जानकारी दिनु भएको छ । डा. भट्टराईले आज बिहान सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिनु भएको हो । अमेरिकाले कोभ्याक्स मार्फत प्रदान गरेको सो खोप एक डोज लगाए पुग्ने भएकाले सो खोप १५ लाख व्यक्तिलाई लगाउन सकिने उहाँको भनाइ छ ।

अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाल र अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा आफ्नो लागि अन्यन्तै खुसीको क्षण भएको बताएका छन् । अमेरिका सदैव नेपालीहरुको साथमा रहेको र नेपालको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहने अमेरिकी राजदूत र्‍याण्डी बेरीको भनाई छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला