काठमाडौं । असार २७ गते
सर्वोच्च अदालतमा विचाराधिन रिटलाई प्रभावित पार्ने कुनै पनि सम्झौता नगर्ने एमाले वरिष्ठ नेता माधवकुमार नेपालको भनाई छ । आज बिहान आफ्नो समूहका कार्यदल सदस्यहरूसँग नेता नेपालले अदालतमा विचाराधिन रिटलाई प्रभावित पार्ने कुनै पनि सम्झौता नगर्ने बताउनु भएको हो ।
कार्यदलका सदस्यहरू सहमतिका लागि तयार पारेको मस्यौदामा नेपालको सहमति खोज्न बिहान नेपाल निवास पुग्नु भएको थियो । शनिबार कार्यदलले तयार पारेको मस्यौदामाथि सहमति जुटाउन आफ्नो निवासमा आएका आफ्नो समूहका कार्यदल सदस्यहरूलाई शब्दावलीमा असहमति जनाएर फिर्ता पठाउनु भएको हो ।