×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । असार २८ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आकस्मिक धनलाभ हुने योग रहेको छ भने काम देखाएर अरूको मन लोभ्याउन सकिनुका साथै महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ र शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने धर्मकर्म, परोपकार तथा समाजसेवा जस्ता कार्यमा मन जाने तथा शेयर बजारको लगानी राम्रै हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने योग रहेको छ भने कुनै कुराले मनमा प्रसन्न छाउनुका साथै पारिवारिक सहयोग मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज पारिवारिक सद्भाव बढ्ने योग रहेको छ भने आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनुका साथै साहित्यिक क्षेत्रमा रूचि बढ्ने तथा सहयोगी हातहरू अघि बढ्नेछन् ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज गरेको काममा ढिलासुस्ती हुने योग रहेको छ भने विचार गरेर निर्णय लिनु उचित हुने तथा दबाब र तनाव बढेको महसुस हुनुका साथै पारिवारिक समस्या आइपर्ला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने योग रहेको छ भने जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नुका साथै स्वादिष्ट भोजन पनि पाइनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज शुभ समाचार सुन्न पाइने योग रहेको छ भने मित्रबाट विशेष सहयोग मिल्नुका साथै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा घरमा अतिथिको आगमन हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने साहित्य तथा सङ्गीतमा रुचि बढ्नुका साथै दाम्पत्य जीवन सुखमय हुने तथा बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज जिद्दीपनाले गर्दा काम बिग्रनुका साथै बोलीको विपरीत अर्थ पनि लाग्न सक्ने तथा शेयर बजारको लगानीले राम्रो प्रतिफल दिन सक्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज इच्छा र आकाङ्क्षा पूर्ण हुने योग रहेको छ भने ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नुका साथै धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज जोश जाँगर र हिम्मत बढ्ने योग रहेको छ भने दैनिक कार्यहरूमा प्रगति हुनुका साथै रमणीय र सुखद् यात्रा तथा नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेको छ भने व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनुका साथै आत्मिक सन्तुष्टि मिल्ने तथा तीर्थाटनको योग छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला