काठमाडौं । असार २८ गते
आजका लागि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पेसी तोकिएको छ।गत सोमबार बहस सकिएपछि रिट निवेदक र विपक्षीको बहस र एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर आज अर्थात् असार २८ गतेका लागि पेशी तोकेका थिए। एक सातापछिका लागि पेसी तोकिनुमा आजै फैसला आउने अनुमान पनि गरिएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै धारा ७६ ९५० अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश माग गरेका छन्। उक्त रिटमाथि प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ भएको थियो।