×

TUNGOON

सर्वोच्चअदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको भनाई


काठमाडौं । असार २८ गते
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्चअदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताउनु भएको छ । आज सामाजिक सञ्जालमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबीच बादबिवाद चलेको छ । एमाले कार्यदलको सहमति पछि सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेको अभिव्यक्ति प्रति माधव नेपालले असन्तुष्टि जनाउँदै एउटा स्टाटस लेख्नु भएको छ । त्यसको जवाफमा पुन जवाफ थापाले फर्काउनु भएको छ । नेता नेपालले संसद पुनस्र्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा गरिएको हस्ताक्षरबाट आफूहरु पछि नहटेको बताउनु भएको छ ।

पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलमा भएको १० बुँदे सहमतिमा प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुरुप अगाडि बढ्ने उल्लेख गरिएको छ। यसलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कांग्रेस सभापति देउवाको साथमा अब १ सय २३ जना मात्रै निवर्तमान सांसद रहेको भन्दै सामाजिक संजालमा लेखेपछि त्यसको जवाफमा नेता नेपालले फेसबुक स्टाटस लेख्दै सहमतिको गलत व्याख्या गरिएको बताउनु भएको छ । ‘नेता नेपालको स्पष्टीकरणपछि प्रधानमन्त्रीका सल्लाहकार थापाले अर्को स्टाटस लेख्दै आफूले कांग्रेस सभापति देउवालाई लक्षित गरेर लेखेको तर जवाफ अन्यत्रैबाट आएको उल्लेख गरेका छन्। नेता नेपालको प्रष्टिकरण अदालतको निर्णय प्रभावित पार्न र देउवालाई आश्वस्त पार्न आएको थापाको आरोप छ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला