×

TUNGOON

प्रहरीसमक्ष पूर्वराष्ट्रपति ज्याकव जुमाले आत्मसमर्पण गरेसँगै दक्षिण अफ्रिका अशान्ति मच्चियो


काठमाडौं । असार २८ गते
प्रहरीसमक्ष पूर्वराष्ट्रपति ज्याकव जुमाले आत्मसमर्पण गरेसँगै दक्षिण अफ्रिका अशान्ति मच्चिएको छ ।गत बुधबार जुमाले आफ्नो निवास नजिकै रहेको कारागारमा पुगी प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको हो । आत्मसमर्पण नगरे ७९ वर्षका पूर्वराष्ट्रपतिलाई पक्राउ गर्ने चेतावनी दिएलगत्तै जुमाले आत्मसमर्पण गर्नुभएको हो ।पूर्वराष्ट्रपति जुमाका समर्थकहरुले उहाँको रिहाइको माग गर्दै शहरका विभिन्न भागमा प्रदर्शन गरेका छन् ।दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका प्रदर्शनकारीहरुले यातायात सेवा अवरुद्ध पारेको मौका छोपी केही लुटेर समुहले शहरका पसलमा लुटपाट मच्चाएका छन् ।

प्रदर्शनका क्रममा ६० जनालाई पक्राउ गरिएको छ । प्रदर्शनकारीहरुले जुमा निर्दोष रहेको भन्दै रिहा नगरेसम्म आन्दोलन फिर्ता नलिने चेतावनी दिएको छ ।उनीहरुले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेपछि प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।यसैबीच दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले प्रदर्शकारीहरुलाई धैर्य रहन अपील गर्नुभएको छ ।

 

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला