×

TUNGOON

नेकपा (एमाले) ले गरेको १० बुँदे सहमतिको इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्छ – नेता भीम आचार्य


काठमाडौं । असार २८ गते
नेकपा (एमाले) ले गरेको १० बुँदे सहमतिको इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने नेकपा एमालेका नेता भीम आचार्यको भनाई छ । आइतबार राति प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल पक्षको कार्यदलस्तरमा भएको उक्त सहमतिप्रति आफू सन्तुष्ट आचार्यको भनाई । उहाँल्े ‘यो सहमति नेपालको लोकतान्त्रिक आन्दोलन, स्थायित्व, वामपन्थी आन्दोलन, नेकपा एमालेको भविष्य, जनता, राष्ट्र सबैको लागि अपरिहार्य रहेको बताउनु भएको छ । उहाँले सहमतिको पालना सबैले इमान्दारितापूर्वक गर्ने अपेक्षा गर्नु भएको छ ।

उहाँले लामो छलफल, बहसबाट भएको सहमतिमा सबैले इमान्दारीताका साथ कार्यान्वयन गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको उल्लेख गर्नु भएको छ ।अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका पाँच(पाँच जना नेताहरु सम्मिलित कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । यो सहमतिसँगै एमालेभित्रको विवाद तत्कालका लागि टुंगिएको अपेक्षा गरिएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला