काठमाडौं । असार २८ गते
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसलामार्फत ऐतिहासिक दायित्व पूरा गरेको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको भनाई छ । यादवले सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्र जोगाउने तथा मुलुकलाई निकास दिने काम गरेको बताउनु भएको थियो उहाँले प्रतिनिधि सभा विघटनको विरोधमा आवाज उठाउँदै आउनु भएको थियो ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादवसहित १४६ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।