काठमाडौं । असार २८ गते
सर्वोच्च अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाई रहेको छ । आज सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया देउवाले निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको जिकिर गर्नु भएको छ ।
उहाँले फैसलापछिको अवस्थाबारे छलफल गर्न गठबन्धनको बैठक बोलाउनु भएको हो । उहाँले यही बैठकमा सबै विषयमा छलफल गर्ने बताउनु भएको छ ।