×

TUNGOON

सर्वोच्च अदालतको सोमबारको ऐतिहासिक फैसलाले लोकतन्त्रलाई गलत दिशातिर धकेलेको निवर्तमान प्रधानमन्त्री ओलीको आरोप


काठमाडौं । असार २९ गते
सर्वोच्च अदालतको फैसलाले दलीय व्यवस्थालाई कमजोर बनाएको निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाउनु भएको छ । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारबाट विदाई सम्बोधन गर्दै ओलीले अदालतको आदेशले लोकतन्त्रलाई कमजोर बनाउने भए पनि आफूले पालना गर्ने बताउनु भएको हो । उहाँले मुलुकको लोकतान्त्रिक प्रणाली र दलीय प्रजातन्त्रमा पर्ने र यसबाट दलीय व्यवस्था बलियो भयो कि कमजोर यसको समीक्षा भविष्यले गर्ने बताउनु भएको छ । अदालतको आदेशले लोकतन्त्रप्रति विश्वास राख्नेलाई चिन्तित बनाएको उनले बताए।

आवधिक निर्वाचन मार्फत जनप्रतिनिधि चयन हुनु सबैभन्दा महत्वपूर्ण भएको ओलीले दोहोर्‍याउनु भएको छ । ओलीले जाँदाजाँदै दलीय ह्वीप लाग्दैन भन्ने अदालतको व्याख्याले दलीय प्रणालीलाई चुनौति दिने काम गरेको बताए। अदातलको आदेशप्रति आक्रोश व्यक्त गरेका ओलीले फैसलबाट संविधानको संशोधन गरेर पछि फर्कने काम गरेको आरोप लगाउनु भएको छ त्यस्तै ओलीले सर्वोच्च अदालतको सोमबारको ऐतिहासिक फैसलाले लोकतन्त्रलाई गलत दिशातिर धकेलेको बताउनु भएको छ । उहाँले फैसलाको भाषाले लोकन्त्रलाई अवमूल्यन गरेको उल्लेख गर्दै चुनाव र जनताबाट निर्वाचित प्रतिनिधिबाट शासन व्यवस्था चल्नुपर्ने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला