काठमाडौं । असार २९ गते
अहिले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनेबारे निर्णय गर्न जसपाको उपेन्द्र यादव समूहको केन्द्रीय कार्यकारिणी समिति बैठक ललितपुर बालकुमारीमा जारी छ ।बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलगायत नेता सहभागी छन् ।

पार्टी कार्यालयका अनुसार काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारिणी समिति सदस्यहरू बैठकमा सहभागी छन् ।जसपाको महन्थ ठाकुर(राजेन्द्र महतो पक्ष भने बैठकमा सहभागी छैन ।