×

TUNGOON

ब्युँतिएको युथफोर्सले पार्टीको निर्देशन र समन्वयअनुसार काम गर्ने नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतको भनाई


काठमाडौं । असार २९ गते
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोटसम्म हजारौं गाडी र मोटरसाईकलको स्कर्टिङमा पुर्याईने नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले जानकारी दिनु भएको छ । उहाँले त्यसको लागि सम्पूर्ण तयारी भैसकेको बताउनु भएको छ ।
बस्नेतले आफूहरुले युथफोर्स ब्युँताएको पनि जानकारी दिनु भयो ।

ब्युँतिएको युथफोर्सले पार्टीको निर्देशन र समन्वयअनुसार काम गर्ने उहाँको भनाई छ । सर्वोच्च अदालतको हिजो फैसलाअनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएका छन् । उनको आजै साँझ ६ बजे सपथग्रहण कार्यक्रम छ । देउवाले आजै सपथ खाएपनि उनी भोलिमात्रै बालुवाटार प्रवेश गर्ने कार्यक्रम रहेको बुझिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला