काठमाडौं । असार ३० गते
आज बिहान ११ बजे निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्दै हुनुहुन्छ । ३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पूरा गरेर ओली आज बालकोट सर्न लागेका हुन्। २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सर्नु भएको छ ।

सर्वोच्च अदालतको परमादेश अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज सरकारी निवास छाड्न लाग्नु भएको हो । ओलीलाई युवा संघ नेपालले करिब २ हजार गाडी र ३ हजार मोटरसाइकलसहित बालकोट निवासका लागि स्कर्टिङ गर्ने तयारी गरेको छ।ओलीको स्कर्टिङका लागि युवा संघ नेपाल र खेलकुद महासंघले आफ्ना कार्यकर्तालाई साढे १० बजे बालुवाटारमा भेला हुन आह्वान गरेका छन्।