काठमाडौं । असार ३० गते
एमाले भित्रका २३ नेताको गद्दारीले सरकार ढलेको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आरोप लगाउनु भएको छ । आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उहाँले २३ नेताको नामा सार्वजनिक गर्दै थापाले उक्त आरोप लगाएका हो ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित २३ नेतामाथि थापाले गद्दारी गरेको आरोप लगाउनु भएको हो । उहाँले नेता नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवाको वैशाखी बनेको समेत आरोप लगाउनु भएको छ ।