काठमाडौं । असार ३० गते
अबदेखि आफ्नो पार्टी(एमाले) संसदमा सशक्त विपक्षी दल भएको राष्ट्रिय सभामा नेकपा एमालेका मुख्य सचेतक सांसद खिमलाल भट्टराईको भनाई छ । उहाँले अब एमाले संसदमा सशक्त विपक्षीको भूमिकामा रहने बताउनु भएको छ । यसले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोधको रचनात्मक भूमिका निर्वाह गर्ने बताउँदै यद्यपि सरकारले मुलुकको सामु रहेका कार्यभारहरूको उचित सम्पादन गर्न सकोस् भन्ने यसको अपेक्षा रहेको जिकिर गर्नु भएको छ ।

नेता भट्टराईले विपक्षी हुनुको नाताले सरकारले लिने विश्वासको मतको विपक्षमा उभिने भएकाले अबदेखि सरकारलाई विश्वासको मत दिने सांसद एमाले नेता नहुने चेतावनी दिनु भएको छ ।