काठमाडौं । असार ३० गते
जालीझेलीहरुले सधैँ सर्वोच्चको परमादेशको किस्तीमा प्रधानमन्त्री नपाउने र चुनावपछि फेरि आफू नै प्रधानमन्त्री बन्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई छ ।

आज निजी निवास बालकोटमा उपस्थित पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफू गल्ती गरेर, काम गर्न नसकेर नभई देश विकास, राष्ट्रलाई एकजुट, संविधान कार्यान्वयन, अन्तर्राष्ट्रिस्तरमा नेपालको छवी उँचो बनाएर काम गर्दागर्दै जालीझेलीहरुको षड्यन्त्रका कारण पदबाट बाहिरिनुपरेको बताउनु भएको छ ।