×

TUNGOON

संसद्लाई बढीभन्दा बढी सक्रिय बनाउनका लागि सरकारले भूमिका खेल्ने नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणको भनाई


काठमाडौं । असार ३० गते
आर्थिक वर्ष २०७८र८९ को बजेट कार्यान्वयनको सम्बन्धमा विज्ञहरुसँग छलफल गरेर निर्णय लिने नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणको भनाई छ । आज गृहमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खाँणले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको कार्यान्वयनलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा वर्तमान सरकारले विज्ञ र प्रशासकहरुसँग सल्लाह गरी निर्णय लिने बताउनु भएको हो । उहाँले बजेटको अध्ययन गरी संवैधानिक र कानुनी अवस्थालाई ध्यानमा राखेर निर्णय लिइने जानकारी दिनु भएको छ ।

मन्त्री खाँणले कोभिड–१९ को विरुद्ध अग्रपंक्तिमा खट्ने व्यक्तिहरुको सुरक्षाको व्यवस्था गर्नु राज्यको दायित्व भएको भन्दै उनीहरुको व्यवस्थापन गर्न र प्रोत्साहन भत्ता दिनका लागि सरकार गम्भीर रहेको पनि बताउनु भएको छ ।उहाँले संसद्लाई बढीभन्दा बढी सक्रिय बनाउनका लागि सरकारले भूमिका खेल्ने बताउनु भएको छ । ओली सरकारले ल्याएका अध्यादेशहरुको सम्बन्धमा कस्ता–कस्ता अध्यादेशहरु ल्याएका छन्, त्यस सम्बन्धमा पनि छलफल हुने उहाँको भनाइ थियो ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला