काठमाडौं । असार ३० गते
पूर्वाग्रह नराखी परिणाममुखी काम गर्नुपर्ने ऊर्जामन्त्री पम्फा भुसालको भनाई छ । आज सिंहदरबारमा पदबहाली गर्दै मन्त्री भुसालले व्यक्तिगत स्वार्थ नराखी परिणाम निकाल्ने गरी काम गर्ने बताउनु भएको हो । उहाँले काममा कुनै पूर्वाग्रह नराख्ने तर, परिणाममुखी काम निकाल्नुपर्ने बताइउनु भएको छ । लक्ष्य राख्ने तर लक्ष्य पूरा नगर्ने पक्ष सुधारेर अघि बढ्न उहाँको भनाई छ ।

उहाँले कहिल्यै लोडसेडिङ नहुनेमा जोड दिने बताउनु भएको छ कृषि प्रधान देश भनिए पनि सिचाइँको समस्या ठुलो भएको भन्दै मन्त्री भुसालले सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिचाई पुर्‍याउन लाग्नुपपर्ने बताउनु भएको छ । उहाँले अहिले बाढी पहिरो र भूक्षय बढेको छ, हामीले हाम्रो जिम्मेवारी पूरा गरेर विभिन्न निकायसँग समन्वय गरेर यसको रोकथाम तथा नियन्त्रणमा सक्दो कदम चाल्नुपर्ने उल्लेख गर्नु भएको छ ।