×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । असार ३१ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने योग रहेको छ भने नयाँ कार्य वा रोजगारको अवसर मिल्नुका साथै धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक भइनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नुका साथै अरुलाई प्रभावित पारेर काम बन्ने तथा राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने योग रहेको छ भने विपरित वर्गबाट विशेष सहयोग मिल्नुका साथै जोशजाँगर र हिम्मत बढ्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज रोकिएका काम पुनः सुरु हुने योग रहेको छ भने जोशजाँगर र उमङ्ग बढ्ने तथा वैदेशिक कार्य अघि बढ्नुका साथै शुभ कार्यमा सरिक भइनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नयाँ कार्यको योजना बन्नेछ योग रहेको छ भने नजिकको मित्रसँग भेटघाट हुने तथा परिवारको साथ सहयोग मिल्नुे र रमाइलो यात्राका योग पनि देखिन्छन् ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आत्मबलमा कमी आउने योग रहेको छ भने मनमा चिन्ता र दुबिधा उत्पन्न हुने तथा स्वास्थ्य प्रति सचेत रहनु होला, तर शुभ कार्यमा सरिक भइनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुने तथा आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नुका साथै पढाइमा प्रगति नै हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेको छ भने राजनैतिक र कूटनैतिक कार्यमा सफलता मिल्नुका साथै निर्णय कार्यान्वयन हुन संघर्ष गर्नु पर्ला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज लाभहानी, आयव्यय, सुखदुख बराबरी हुने योग रहेको छ भने कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज मन भावुक र उत्ताउलो बन्ने योग रहेको छ भने अनावश्यक ठाउँमा धन खर्च हुने तथा सरकारी निकायको भएपनि रहला, तर शुभ कार्यमा सरिक भइनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने प्रेम जीवन सुखद् रहने र व्यापार व्यवसायमा सफलता पाइनुका साथै महिला वर्गबाट विषेश सहयोग मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने योग रहेको छ भने धर्मकर्ममा मन लाग्नुका साथै गरेका कामबाट राम्रै लाभ हुने तथा दैनिक कार्यमा प्रगति नै हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला