काठमाडौं । असार ३१ गते
आज दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस पदाधिकारी बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण आज बस्ने भनिएको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको हो ।

स्थगित भएको बैठक शुक्रबार बस्ने भएको छ ।शुक्रवार बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा र सरकारको कामकारबाहीको सम्बन्धमा छलफल गरिने छ ।