काठमाडौं । असार ३१ गते
प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्ताव राख्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै डा.भट्टराईले उक्र प्रस्ताव सार्वजनिक राख्नु भएको हो ।

उहाँले ‘गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखिएको जिकिर गर्नु भएको छ । अन्तरिम अवधिमा पार्टीका सक्रिय नेता भन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउर्नु पर्ने उहाँको भनाई छ ।