×

TUNGOON

बुधबार राति सल्यानमा जिप दुर्घटना हुँदा १० जना घाइते


काठमाडौं । असार ३१ गते
बुधबार राति सल्यानमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बाग्चौर नगरपालिकाको थारमारेबाट दार्मा गाउँपालिका–३ माझगाउँ जाँदै गरेको लु२च १६७२ नम्बरको जिप दुर्घटना हुँदा १० जना घाइते भएका हुन । २६ वर्षीय चालक दिनेश बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको फारुलास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । चालकले मादक पदार्थ सेवन गरेका कारण अनियन्त्रित हँुदा जिप दुर्घटनामा परेको हो जिप काफलगैरा भन्ने ठाउँमा सडकबाट खसेको थियो ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला