काठमाडौं । असार ३१ गते
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने कुनै पनि उपकरण तथा औषधि पत्ता नलागेको भन्दै भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरेको छ । कोभिड–१९ नियन्त्रणका लागि विभिन्न उपकरण पाइने भन्दै बजारमा बिक्री भइरहेको र त्यसमा कुनै सत्यता नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको हो ।
“कोरोनाबाट बच्ने वैज्ञानिक उपाय भनेकै खोप लगाउने, मास्कको सधैं प्रयोग गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गर्ने मात्र भएको मन्त्रालयले जनाएको छ । कोरोना गार्डभन्दै विद्युतीय सामग्री बिक्री हुन थालेपछि स्वास्थ्य मन्त्रालयले बजारमा चलिरहेको हल्लाको पछाडि नलाग्न आग्रह गरेको हो ।
सेको थियो ।