×

TUNGOON

पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, २७ जना घाइते


काठमाडौं । असार ३१ गते
पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा एक ‘बस दुर्घटना’ मा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मृत्युमध्ये डासू बाँध परियोजनामाथि काम गरिरहेका ९ चिनियाँ नागरिक रहेका छन् । चीनले यो दुर्घटनालाई पाकिस्तानमाथि बम बिस्फोट गराएको आरोप लगाएको छ भने पाकिस्तानले यसलाई ग्यास लिकेजका कारण भएको बिस्फोट बताएको छ ।यो बिस्फोट अपर कोहिस्तान जिल्लामा भएको हो ।

डासूका असिस्टेन्ट कमिश्नर आसिम अब्बासले दुर्घटनामा मारिएकामध्ये ९ जना चिनियाँ इन्जिनियर भएको र पाकिस्तानको फ्रन्टियर कोरका दुई जवान र दुई सर्वसाधारण मारिएको जानकारी दिए ।उक्त दुर्घटनामा २७ जना घाइते पनि भएका छन् । यीमध्ये धेरैजसो चिनियाँ नागरिक छन् । आसिम अब्बासका अनुसार ९ घाइतेको स्थिति गम्भीर छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला