×

TUNGOON

आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित


काठमाडौं । साउन १८ गते
आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठक स्थगित गर्नुपर्ने भन्दै स्थायी समिति सदस्यहरुलाई जानकारी गराउनु भएको हो ।माओवादी केन्द्रले आज दिउँसो ३ बजे बैठक राखी सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने योजना बनाएको थियो ।

काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् ।साउन १० गते काँग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउनुभएको छ । तर प्रधानमन्त्री भएको २१ दिन वितिसक्दा पनि देउवाले मन्त्रिपरिषललाई पूर्णता सक्नुभएको छैन । देउवाले काँग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाउनु भएको थियो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला