×

TUNGOON

आज दिउँसो ३ बजे एमाले स्थायी कमिटी बैठक बस्दै


काठमाडौं । साउन १८ गते
आज दिउँसो ३ बजे एमाले स्थायी कमिटी बैठक बस्दै छ । आइतवारदेखि जारी स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने भएको हो । आइतवारको बैठकले पार्टी सदस्यताको नविकरण र अद्यावधिक गर्ने समय सिमा साउन २३ गतेसम्मलाई तोकेको थियो भने असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गर्ने निर्णय गरेको थियो ।

त्यस्तै विधान अधिवेशनका लागि आवश्यक निर्णय गर्न साउन २४ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।आजको बैठकमा पार्टी भित्र देखिएको विवाद समाधानको सम्बन्धमा छलफल हुने एक नेताले जानकारी दिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला