काठमाडौं । साउन १८ गते
काठमाडौंदेखि बागलुङको बुर्तिबाङ तर्फ जाँदै गरेको रात्रिबस गल्कोट नगरपालिका–१ चौराहामा बस दुर्घटना हुदा ११ जना घाइते भएका छन्।मध्यपहाडी लोकमार्गको चौराहमा दुर्घटना भएको हो। बा ५ ख १५५३ नम्बरको बसमा सवार २२ जना मध्ये ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बसको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइतेहरुलाई उपचारको लागी धौलागिरी अस्पताल बागलुङमा ल्याउदै गरिएको छ। बस चालक चित्र बहादुर खड्का प्रहरी नियन्त्रणमा छन्।