×

TUNGOON

सत्ता गठबन्धनले बनाएको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी


काठमाडौं । साउन १८ गते
अहिले सत्ता गठबन्धनले बनाएको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।सत्ता गठबन्धनमा सामेल जसपा र माओवादी केन्द्रले अहिलेसम्म मन्त्रीको नाम सिफारिस गर्न सकेका छैनन् । यस्तै एमाले माधव नेपाल समूहले भने सरकारलाई समर्थन दिए पनि सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ ।सरकार सञ्चालन तथा मन्त्रिमण्डल विस्तारबारे आज बिहान बालुवाटारमा कार्यदलको बैठक बसेको हो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा बनेको कार्यदलमा कांग्रेसको तर्फबाट रमेश लेखक र मिनेन्द्र रिजाल, माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन र देव गुरुङ छन् । यस्तै जसपाको तर्फबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र कुमार राय सदस्य छन् ।आजर बिहान बसेको कार्यदलको बैठकले मन्त्रिमण्डल विस्तारका लागि गठबन्धनमा सामेल दलहरुको सिफारिस बारे छलफल गर्ने बताइएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला